बार्सिलोना र लिभरपुलको पहिलो खेल मे १ मा

135

एजेन्सी / च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि बार्सिलोना र लिभरपुल मे १ मा प्रतिस्पर्धा गर्ने भएको छ । यूईएफएले सेमिफाइनलका खेलहरु तय गरेको हो । जसअनुसार टोटनह्याम र अयाक्सको पहिलो लेग ३० अप्रिलमा हुनेछ । यो खेल टोटनह्यामको घरेलु मैदानमा हुनेछ ।

यस्तै बार्सिलोना र लिभरपुल मे १ मा नाउक्याम्पमा भिड्नेछन् । दुई टिमको दोस्रो लेग मे एन्फिल्डमा ७ मा हुनेछ । टोटनह्यामले भने ८ मेमा अयाक्ससँग उसको घरेलु मैदानमा खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here