भारतबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद

256

धनगढी / भारतबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२स्४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको बेश क्याम्पका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्र के.सीले जानकारी दिएका थिए ।

राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यतिन्जेलसम्म ति सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । त्यसैले बसलाई त्यहाँबाट जान दिइयो ।

तर, शनिबार बिहानपख सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ ।

सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here