प्रभु बैंक लिमिटेडको नयाँ शाखा भक्तपुरको बालकोटमा

212

भक्तपुर / प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा भक्तपुरको बालकोटमा शाखा विस्तार गरेको छ । भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गर्दै संघीय सांसद महेश बस्नेतले बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरेका छन् ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरेका थिए । साथै, बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here