संसारकै महँगो बर्गर, जसको मुल्य १ लाख

179

एजेन्सी /  बर्गर कसलाई पो मिठो नहोला र ? तर यदि यो बर्गरको मूल्य थाहा पाउनुभयो भने तपाईंलाई बर्गरको नाम सुन्दैमा डर लाग्न सक्दछ । किनकि, यो बर्गर संसारकै महंगो बर्गर हो र यो बर्गरको स्वाद चाख्नका लागि तपाईंको गोजीमा कम्तीमा १ लाख रुपैयाँ हुनुपर्दछ । यहि संसारमै सबैभन्दा महंगो बर्गर बनेको छ । जसको मूल्य झण्डै ९ सय डलर अर्थात् एक लाख रुपैयाँ पर्दछ । जापानको राजधानी टोकियोमा रहेको एक रेष्टुरेन्टमा संसारको सबैभन्दा महंगो बर्गरको बिक्री सुरु भएको छ ।  Oak Door   स्टीकहाउस नामक रेष्टुरेन्टमा काम गर्ने शेफ प्याट्रिक शिमादाले उक्त बर्गर बनाएका हुन् ।

आगामी जून महिनासम्म मात्रै यो बर्गरको बिक्रि हुनेछ । यो बर्गरको नाम गोल्डेन जाएन्ट बर्गर हो । यो बनाउनका लागि विभिन्न खालका चिजको प्रयोग गरिएको छ । यसमा एक किलो प्याटी, गाइको मासुको स्लाइस, हाँसको कलेजोको विशेष पेस्ट, गोलभेँडा, प्याज, साग लगायतका पदार्थको प्रयोग गरिएको छ । यो बर्गर ६ इन्च चौडा र १० इन्च लामो रहेको छ । यो बर्गरको बाहिरी पाउरोटीमा डस्टेड गोल्डको पत्र रहेको छ ।

जापानका नयाँ सम्राट राजकुमार नारुहितोको राज्याभिषेकको पूर्वसन्ध्यामा खुसीयाली मनाउनका लागि यो बर्गर तयार गरिएको हो । यो बर्गर खान चाहनेले ३ दिन अगावै बुकिंग गर्नु पर्दछ । यो बर्गरको मूल्य धेरै मात्र छैन यसको आकार र स्वाद पनि गज्जब छ । जापानमा युग परिवर्तनको ठूलो खबर बनाउनका लागि यो बर्गर तयार गरिएको शेफ प्याट्रिक जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here