सबै झुण्डिएर मरे हुन्छ ! पानी बेच्न समेत विदेशी कम्पनी खोज्ने हो ? – महावीर पुन

296

 काठमाडौं / समाजसेवी महावीर पुनले देशको पानी बोतलमा प्याक गरेर बेच्नको लागी पनि विदेशी लगानीकर्ता खोज्न नहुने जनाएका छन् ।

हिमाल र पहाडबाट बगिरहेको पानीलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गर्ने विषय बारे चर्चा भैरहेका बेला शनिबार फेसबुकमा एक स्ट्याटस अपडेट गर्दै नेपालीहरुले आफ्नो देशको पानी बोतलमा प्याक गरेर बेच्नको लागि समेत विदेशी लगानीकर्ता खोज्ने हो भने त्यो भन्दा ठूलो लज्जाको विषय केहि नहुने उनले  तर्फ गरेका हुन्।

हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तरक्रिया गरेको प्रति टिप्पणी गर्दै उनले यस्तो तर्फ गरेका हुन्।

देशको पानि निर्यात गर्ने काममा समेत खानेपानी मन्त्रालयले विदेशी लगानी खोजेको जस्तै देखिएपछि म्यागासेसे पुरस्कार विजेता समेत रहेका पुनले यो काम राष्ट्रिय आविष्कार केन्द्रलाई दिए सबै नेपालीको भलो हुने जनाएका हुन्।

पानी बोतलमा प्याक गरी बेच्न काम गर्न राष्ट्रिय आविष्कार केन्द्र तयार रहेको खानेपानिमन्त्री बिना मगरलाई ८ महिना अगाडी नै भेटेर जानकारी गराइसकेको पनि पुनले सोहि स्ट्याटस मार्फत जानकारी गराए।

फेसबुकमा उनी लेख्छन् –बिन्ती छ प्रभु, यो काम राष्ट्रिय आविष्कार केन्द्रलाई दिईयोस्, सारा नेपालीको भलो हुन्छ।

नढाटीकन भन्नु पर्दा ८ महिना जति अगाडी मैले यिनी मन्त्री बहिनीलाई मन्त्रालयमा नै भेटेर नेपालको पानी बोतलमा प्याक गरी विदेशमा बेचेर राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउन सकिन्छ र त्यसको लागी खानेपानी मन्त्रालयले सहयोग गर्नु पर्यो भनेको हो। निर्यात गर्ने स्तरको पानी उत्पादन गर्न टेक्निकल कुराहरुको जिम्मा राष्ट्रिय आविष्कार केन्द्र लिनेछ र रु १० करोड जति लगानी पनि गर्नेछ भनेर अनुरोध गरेको पनि हो। अनि अर्को कुरा के पनि भनेको भने नेपालीहरुले आफ्नो देशको पानी बोतलमा प्याक गरेर बेच्नको लागी पनि विदेशी लगानीकर्ता खोज्ने हो भने हामी सबै झुण्डिएर मरे पनि हुन्छ भनेर भनेको पनि पक्कै हो। खोइ त ? अहिले सम्म पनि खानेपानी मन्त्रालयले विदेशी लगानीकर्ता खोजेको जस्तो लाग्यो त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here