सरकारविरुद्ध नौ विद्यार्थी संगठन आन्दोलित

308

काठमाडौं / विद्यार्थी संगठनहरू ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलित भएका छन् । अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको नौ वटा विद्यार्थी संगठनहरूको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्ने जानकारी गराइएको छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार नौ विद्यार्थी संगठनले नौ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

मागहरूमा शैक्षिक क्षेत्रको बेथिति, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड, निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालगायतका रहेका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋीषकेश जंग शाहले दुईतिहाइ बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको अरोप लगाएका थिए । राज्यका सबै संयन्त्र कब्जामा लिएर ओली सरकारले स्वतन्त्रता हनन गरिरहेको उनको जिकिर थियो । ओली नेतृत्वको सरकार गठन भएपछि स्थानीय तह, प्रदेश र संघसम्मै भ्रष्टाचार र लुटतन्त्र फस्टाएको शाहको जिकिर थियो । शाहले विद्यार्थी आन्दोलनलाई थप उचाईमा पु¥याउनका लागि बाँकी सबै विद्यार्थी संगठनलाई पनि सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

त्यसैगरी अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले केपी ओली र पुष्पकमल दाहाल असफल पाइलट भएको जिकिर गरे । यात्रु बोकेको विमानलाई लडाकु विमानमा परिवर्तन गराएर दुर्घटना गराउन लागेकाले आफूहरू सडकमा ओर्लिनुपरेको रायमाझीको तर्क थियो ।

त्यस्तै अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रवीण मिश्रले ओली सरकारको विकल्प खोज्नुपर्ने बेला आएको घोषणा गरे । यो सरकारले राष्ट्र र जनतालाई घात हुने काम मात्रै गरेको उनको आरोप थियो । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले गरेका सबै गलत कामको भण्डाफोर गर्नका लागि १७ गतेको विरोध कार्यक्रम आयोजना गरिएको जनाए । उनले शैक्षिक क्षेत्रका दलाल र माफियालाई अब ठेगान लगाउने चेतवनी पनि दिए । संयुक्त नौ विद्यार्थी संगठनले वैशाख १३ गते गर्ने भनेको कार्यक्रम १७ गतेलाई सारेको जनाइएको थियो । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको हिजो निधन भएकाले विरोध कार्यक्रममा सहभागी हुन समस्या हुने जानकारी गराएपछि मिति सारिएको जनाइएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार सरकारको विरोध गर्नुपर्नाका कारणहरु :

१, शिक्षामा भएको चर्को शुल्कवृद्धी, व्यापारीकरण–माफियाकरणको भण्डाफोर गर्न
२, एनसेल, फोरजी, सुन, वाइडवडी सहित अर्बौ भ्रष्ट्राचारको विरोध गर्न
३, बालुवाटारको जग्गा किर्ते काण्ड लगायतका भु–माफिया विरुद्धको सङ्घर्ष मजबुत बनाउन
४, विप्लव नेतृत्वको नेकपा तथा अखिल (क्रान्तीकारी) लाई वर्तमान सरकारले आस्थाका आधारमा गरेको धरपकडप्रति घोर भत्र्सना तथा आपत्ती प्रकट गर्दछौ । हालसम्म अखिल (क्रान्तीकारी)का सयौं नेता कार्यकर्ताहरु प्रहरी हिरासत र जेलमा रहनुभएकोले उहाँहरुको अविलम्व रिहाइको लागि गते संयुक्त विद्यार्थी आन्दोलन जोडदार माग गर्दछ ।
५, निर्मला पन्तको हत्यारा सार्बजनिक गर्न राज्यलाई दवाव दिन
६, सिमा अतिक्रमण सहित सिके राउत काण्डले सङ्कटमा परेको राष्टियता जोगाउन
७, सर्वसत्तावादी सरकारका विरुद्ध सङ्घर्षको शङ्खघोष गर्न ।
८, हालै पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतका विद्यार्थीहरुको रजिस्ट्रेशन नगराई उनीहरुको भविश्य माथी गम्भीर खेलवाड गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, रजिस्ट्रेशनवाट वन्चित गरिएका विद्यार्थीहरुलाई तुरुन्त रजिस्ट्रेशन गराई परीक्षा लिने र विद्यार्थीहरुको पढन पाउने नैसर्गिक अधिकारप्रति विश्वविद्यालय जिम्मेवार बनि रजिस्ट्रेशन नगराउने भनेर गरेको निर्णय तत्काल खारेज गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।
९, प्रलोभनमा पारेर भाषा, धर्म र सस्कृति माथि भइरहेको हस्तक्षेपको विरोध गर्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here