स्वास्थ्यका नुन कति खाने ?

161

 मानव शरीरका लागि अति अावश्यक अनिवार्य खाद्यपदार्थ मध्ये नुन पनि एक हाे ।

नुन  स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक रहेकाे छ । तर, यसको मात्रा बढी लिएमा भने स्वास्थ्यमा हानि पुग्छ ।

शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ । नुनको अत्यधिक प्रयोग गर्दा मिर्गौलामा पत्थरी हुनसक्छ । उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत नुनको बढी प्रयोगबाट हुनसक्छ ।
यी हुन नुनको मात्रा घटाउने तरिका:

– खानाका सकेजति कम नुन प्रयोग गर्ने । सकेसम्म खानामा नुनको मात्रा कम गर्ने ।
– नुन छर्केर खाने बानी हटाउने । यो बानी स्वास्थ्यका लागि लाभदायक मानिन्न ।
– नुनको मात्रा अधिक प्रयोग गरिएका फास्टफुड र जंकफुड खानेबानी नियन्त्रण गरे ।
– घरमै बनाएको खानामा जोड दिने । यस्ता खानामा धनियाँ, खुर्सानी, जायफल, अदुवालाई मिश्रण गर्ने, जसले कम नुन खान बानी बसाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here