पाकिस्तानी दूतावासद्वारा चार सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

484

काठमाडौ, नेपालस्थित पाकिस्तानी दूतावासले माध्यमिक तथा उच्च माध्यमिक तहका चारसय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, काठमाडौ नगरपालिकाका मेयर विद्या शुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाभेदले विद्यार्थीहरुलाइ संयुक्त रुपमा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । छात्रवृत्ति प्रति विद्यार्थी दश हजारका दरले प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमध्यबाट पशुपति माध्यमिक विद्यालय पर्वतका रमेश थापालाई बेस्ट स्टुडेन्ट गोल्ड मेडल २०१९ बाट सम्मान गरिएको थियो ।
छात्रवृत्ति वितरिण कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दूतावासले शिक्षाको माध्यमबाट दुई मुलुकका जनताबीचको सम्बन्ध जोडने प्रयास गरेको बताए । राजदुत जाभेदले यस्तो सम्बन्धलाई भविष्यमा पनि निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरे । पाकिस्तानी दूतावासका तर्फबाट छात्रवृत्ति प्रदान गर्ने विद्यार्थीको संख्या विगतको तुलनामा पछिल्ला केही वर्ष यता वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here