रंगभेदविरुद्ध उभिएका म्यानचेष्टर सिटीका स्ट्राइकर राहम स्टर्लिङ बीटी स्पोर्ट्स इन्डष्ट्रि अवार्डबाट सम्मानित भएका छन् ।
स्टर्लिङले अश्वेत खेलाडीहरुलाई अखबारहरुले गलत रुपमा चित्रण गरेको भन्दै आलोचना गरेका थिए भने खेलाडीमाथि नश्लीय दुर्व्यवहार गर्ने फुटबल समर्थकमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए ।
आफूले पाएको सम्मानले युवा खेलाडीहरुलाई फुटबलमा हुने रंगभेदविरुद्ध उभिन मद्दत गर्ने उनले जनाएका छन् ।
उनले भनेका छन् — ‘लिभरपुलमा मेरो वरिपरी स्टिभन गेरार्डजस्ता मानिसहरु थिए, उनलाई हेरेर म सोच्थेँ कि म उनको आधा मात्रै बन्न सके पनि हुन्थ्यो ।’
अवार्ड हस्तान्तरण गर्दै ईंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले स्टर्लिङको कदमले बेलायती समाजमा ठूलो प्रभाव परेको विचार व्यक्त गरेका छन् — ‘मैले पाँच वर्षदेखि रहिमसँग काम गर्दै आएको छु र एक व्यक्तिको रुपमा उनीमा आएको परिपक्वता निकै प्रशंसनीय छ ।’
गत डिसेम्बरमा स्टामफोर्ड ब्रिजमा आयोजित म्याचसीटीले २—० ले हारेपछि स्टर्लिङलाई चेल्सीका फ्यानहरुले रंगभेदी दुव्र्यवहार गरेका थिए । यस बिषयलाई उनले आफ्नो इन्स्टाग्राम मार्पmत आक्रोश पोखेका थिए ।
गत जनवरीमा उनले सीटीका रंगभेदी दुव्र्यवहारको शिकार बनेका एक युवा फ्यानलाइ पत्र लेखेर सहानुभूति र हौसला दिएका थिए ।यसैगरी मार्चमा मोन्टेनेग्रोमा आयोजित ईंग्ल्यान्डको यूरोपियन च्याम्पियनसीप क्वालिफायरका क्रममा पनि स्टर्लिङमाथि दुर्व्यबहार भएको थियो ।
अप्रिलको सुरुवातमा उनलाई ब्रिटिस स्र्पोट्रस स्टारको रुपमा प्रशंसा गर्दै ‘स्पोर्ट्सपर्सन अफ द इयर २०१९ को अवार्ड प्रदान गरिएको थियो ।


















