काठमाडौं / आज विहानैदेखि सिमसिम पानी परिरहेकाले काठमाडौंमा दिउँसोमात्रै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार भने मौसम बदली हुने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभावले देशका पश्चिम, मध्य र पूर्वी भागमा पानी परेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
‘अझै दुई घण्टा जति पानी पर्छ,’ उनले भनिन्, ‘शनिबारसम्म पानी पर्ने, घाम लाग्ने भइरहन्छ।’ शुक्रबार अपरान्ह मौसममा सुधार आउने भएपनि शनिबार फेरि बदली भएर पानी पर्ने संभावना रहेको उनले जानकारी दिइन्।
‘पश्चिमी वायु पूर्वतर्फ सर्दैछ यसको प्रभाव भोलिसम्म रहन्छ,’ उनले भनिन्, ‘लगातार पानी पर्दैन। घामपानी भइराख्छ।’ पूर्वी भु-भागमा बनेको न्युन चापीय रेखाकाका कारण मौसम बदली भएको उनले जानकारी दिइन्।
‘पोखरादेखि काठमाडौंसम्म अहिले पानी परिराखेको छ,’ उनले भनिन्, ‘पानी पर्ने र बदली हुने क्रमस् पूर्वतर्फ सर्दैछ।’


















