अदालतले धरौटीमा छोडे लगत्तै अदालतबाटै पक्राउ

116

काठमाडौं / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज ज्वालालाई जिल्ला अदालत मकवानपुरले रिहा गरेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ ।

अदालतले ७८ हजार धरौटीमा छाड्न आदेश दिए पनि आदेश भएको लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गत चैत २८ गते हेटौडा १५ फारलाइनबाट राति ९ बजेको समयमा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मोटरसाइकलमा गुडिरहेको बेला उनलाई पक्राउ गरी प्रहरीले हातहतियार खरखजाना एवम् विस्फोटक पदार्थ मुद्दामा क्रमशः ६० हजार र १८ हजार धरौटीमा छोड्न आदेश भएको थियो ।

विप्लव नेकपा मकवानपुरका उच्च स्तरीय नेताहरुलाई प्रहरीले धमाधम प्रक्राउ गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here