एजेन्सी / बोइङ ७३७ म्याक्स जहाज ६ महिनाको फरकमा दुर्घटना भए । दुर्घटनामा विमानमा सवार सयौँको ज्यान गएको थियो । प्रारम्भिक अनुसन्धानबाट विमानको ‘एन्टी–स्टलिङ’ प्रणालीमा रहेको खोटले दुर्घटनामा भूमिका खेलेकोजस्तो देखिएको छ । अहिले आएर विमानको उक्त समस्याबारे अमेरिकी हवाई नियामक निकायका केही अधिकारी एक वर्ष अघिनै जानकार रहेको कुरा बाहिर आएको छ । स्रोतलाई उद्धृत गर्दै यो समाचार ‘द वाल स्ट्रिट जर्नल’मा प्रकाशित छ ।
अघिल्लो वर्ष अक्टोबरमा इण्डोनेसियामा भएको लायन एअरको विमान दुर्घटना र यही वर्षको मार्चमा इथियोपिया एयरलाईनको विमान दुर्घटनाको कारणमा अनुसन्धानकर्ताले बोइङ ७३७ म्याक्सले जहाजको ‘एन्टी–स्टल’ प्रणालीलाई जिम्मेवार देखाएका छन् ।
स्रोतका अनुसार अघिल्लो वर्षनै अमेरिकाको ‘फेडरल एभिएसन एडमिनिस्ट्रेसन’ ले विमानको उक्त प्रणालीमा खराबी रहेको पहिचान गरेको थियो । सो संस्थाका अनुगमनकर्ताले उक्त प्रणालीको संकेत ककपिटमा रहेका क्रु सदस्यलाई सही कुरा बताउन असफल भएको पाएका थिए । ती जाँचकर्ताले साउथ–वेस्ट एयरलाइन्सका बोइङ ७३७ म्याक्सको अनुसन्धान गरेका थिए । सो एयरलाइन्स बोइङ म्याक्स जहाजको सबैभन्दा ठूलो खरिदकर्ता हो । एयरलाइन्ससँग बोइङका ३४ विमान छन् ।
१८९ यात्रुको मृत्यु भएको लायन्स इयरको दुर्घटना अघि उक्त अनुगमन भएको थियो । अनुगमनमा उक्त गलत सिग्नल ‘सबै म्याक्स विमानमा काम गरेको जस्तो देखिएको’ थियो । यहाँसम्म कि कक–पिटमा रहेकाले स्वीच–अफ गर्दा समेत सिग्नल देखिएको साउथ–वेस्टकी प्रवक्ताले जानकारी दिइन्। ती प्रवक्ताका अनुसार दुर्घटनापछि बोइङले साउथ–वेस्टलाई सम्पर्क गरेर सिग्नल ‘टर्न अननै गर्दाबाहेक बन्द रहने’ भएपछि सबै विमानमा सिग्नल सधैँ खुल्ला देखिने व्यवस्था गरिएको बताएको थियो । त्यसपछि बोइङले कमसल खालको सतर्कता प्रणाली बनाउने निर्णय गरेको अनुगमनकर्ताले थाहा पाए । तर कम्पनीले सो कुराको जानकारी साउथ–वेस्ट एयरलाई थाहा नदिइ गरेको जानकारी पश्चात अनुगमनकर्ताले ती विमान उडाउन अयोग्य रहेको सिफारिस गर्ने सोचेको तर सँगसँगै पाइटललाई विमानको अलर्ट प्रणालीबारे अतिरिक्त तालिम दिँदा पनि प्रयाप्त हुन्छ कि भन्ने विकल्पमा पनि सोचेको बताए ।
तिनले दोस्रो विकल्प उपयुक्त नभएको निर्णय गरे तर तिनले आफ्नो खोजलाई एफएएका माथिल्ला अधिकारी कहाँ कहिल्यै पु¥याएनन् । अक्टोबरमा इथोपिया एयरलाइन्सको जहाज दुर्घटनामा सबै १५७ यात्रु मारिएका थिए । यस दुर्घटनापछि बोइङ ७३७ म्याक्सका सबै विमान ग्राउण्डेड गर्ने निर्णय लिइएको थियो । इथियोपिया एयरको विमान दुर्घटनाको कारण पछाडि पनि अलर्ट प्रणालीले काम नगर्नु बताइएको छ ।
‘एन्टी–स्टल प्रणाली’ उडान अवधिमा विमानमा कुनै समस्या उत्पन्न भएमा स्वतः सक्रिय हुनुपर्छ । यो सक्रिय भएपछि यसले जहाजको मुखलाई तल झुकाएर विमानको इन्जिन बन्द हुन दिँदैन र सम्भावित दुर्घटनालाई टार्छ । बोइङ ७३७ म्याक्सका सबै विमानमा ‘एन्टी स्टल प्रणाली’ बदलेर विमानलाई पुनः बजारमा ल्याउने तयारीमा छ । अघिल्लो साता, बोइङले आफ्ना ७३७ म्याक्सका सबै विमान ग्राउण्डेड हुँदा अर्बौँ डलर घाटा सहिरहेको बताएको थियो ।


















