नाउक्याम्पमा लिभरपुलले पीडा भोग्नसक्छ : जोर्गेन क्लोप

413

लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग खेल्दा आफ्नो टिमले पीडा भोग्नसक्ने बताएका छन् । इंग्लिस टोलीले बुधबार राति बार्सिलोनासँग उसकै घरेलु मैदानमा खेल्दैछ ।‘‘हामी पर्फेक्ट छौं ? यो सम्भव छैन । हामीले गल्ती गर्छौं ः ओहो, गर्छौं । के हामी पीडित हुन्छौं ? ओहो, १०० प्रतिशत’ क्लोपले भनेका छन् ।

तर, खेलमा लिभरपुलले मौका पनि पाउने भन्दै उनले त्यसको सदुपयोग गर्न टिम सफल हुने विश्वास व्यक्त गरे । लिभरपुलले जस्तै बार्सिलोना ५ पटक युरोपियन च्याम्पियन बनेको छ । तर, बार्सिलोनाले ५ मध्ये चार उपाधि पछिल्लो १३ वर्षमा जितेको हो भने लिभरपुलको सफलता १९८४ बाट सुरु भयो र अन्तिम पटक २००५ मा जितेको थियो । क्लोपले गत सिजन लिभरपुललाई फाइनलसम्म पुर्‍याएका थिए तर, रियल मड्रिडसँग हार्‍यो ।

बार्सिलोनाको पनि पछिल्ला केही वर्ष च्याम्पियन्स लिगमा प्रदर्शन राम्रो रहेको छैन । तर, यो सिजन ला लिगाको उपाधि जितिसकेको उसले च्याम्पियन्स लिग अन्तरगत घरेलु मैदानमा भएको ३१ खेलमा हार व्यहोरेको छैन । लिभरपुल भने प्रिमियर लिगको उपाधि होडमा म्यानचेष्टर सिटीलाई टक्कर दिइरहेको छ । बुधबारको खेल अघि लिभरपुलका प्रशिक्षक क्लोपले भनेका छन्,‘‘बराबरी खराब रिजल्छ हुँदैन । हामी त्यसका लागि खेल्दैनौं तर, त्यसो भएपनि ठीकै हुनेछ ।’ सिजनको सुरुमा नै मेस्सीले च्याम्पियन्स लिगको ट्रफी नाउ क्याम्पमा ल्याउने प्रण गरेको स्मरण गर्दै क्लोपले यो ठूलो चुनौती भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here