तयारी नपुगेकोले गतिलो प्रर्दशन गर्न सकेन : कप्तान सरु

125

काठमाडौं / म्यानमारमा सम्पन्न एएफसी यू—१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता भएको  नेपाली यू—१९ महिला फुटबल टोली जितबिहिन भएर स्वदेश फर्किएको हो । नेपाली टोलीले तीन खेलमा १७ गोल खाएको नेपालले २ गोल मात्र फिर्ता गरेको थियो । ‘प्रयाप्त मात्रामा खेलका निम्ति तयारी भएन, हामीसँग प्रतिस्पर्धा गर्ने टोलीहरु निकै बलिया थिए । उनीहरुको वर्षभरीको मिहनेत हाम्रो सामान्य साढे २ महिनाको तयारीले रोक्न सकेनौं’, कप्तान सरु लिम्बुले भनिन् । नेपालले म्यानमार जानुअघि चीनमा दुई मैत्रीपूर्ण खेल मात्र खेलेको थियो । त्यसअघि नेपाली टोलीले करिब सोढ दुई महिनाको तयारी गरेको थियो ।

पहिलो खेलमा अष्ट्रेलियासँग ११—१ गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४—० को हार व्यहोरेको थियो । प्रतियोगिताको अन्तिम खेलमा सुरुआती अग्रता बनाएको नेपाल घरेलु टोली म्यानमारसँग २—१ गोल अन्तरले पराजित भएको थियो ।  कप्तान सरुले, “पहिलो खेलमा धेरै गोल खानुका मुख्य कारण खेलाडीहरुको तालमेल नमिल्नु हो । हामीले उनीहरुलाई रोक्ने कोशिस मात्र गर्‍यौं । खेलाडीहरुबीच पनि कुन स्थानमा रहने भन्ने सोंच नै आएन् ।ँ उनले म्यानमारविरुद्धको खेलमा सुरुवाती अग्रता बनाएर जित निकाल्न नसक्नुमा मौसम पनि बाधक भएको भनिन् ।

प्रशिक्षक हरीओम श्रेष्ठले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । “हाम्रो समूहमा रहेका टोलीको वरियता धेरैमाथि थियो । हामीले वरियताभन्दा पनि राम्रो खेल प्रदर्शन गर्ने योजना बनाएका थियौं । तर सफल हुन सकेनौं । तयारी पनि नभएको होइन, मात्र उनीहरुको तयारीकोअघि हामी फितलो खेल्यो ।”, म्यानमारको मौसममा पनि टोलीलाई खेल्न समस्या भएको उनको भनाइ थियो । विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले स्वागत गरेका थिए ।यसअघि थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेता बनेको थियो । भारतलाई २—० तथा पाकिस्तानलाई ९—० ले पराजित गरेको नेपालले थाइल्याण्डसँग ३—० गोलले हार व्यहोरे पनि उत्कृष्ट उप विजेता बन्दै दोस्रो चरण यात्रा तय गरेको थियो । तर दोस्रो चरणमा बलिया टोलीविरुद्ध नेपाल टिक्न सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here