भारतमा भारी वर्षाका कारण तीनको मृत्यु

184

एजेन्सी / भारतमा फानीको प्रभाव राति ८ बजेपछि विस्तारै कम हुँदै जाने भएको छ भने भारी वर्षा भएर बाढी आउने मौसम विभागको अनुमान छ । भारतको बंगालको खाडीमा आज आएको चक्रवाती तुफान फानी कारण ओडिशाको तटीय क्षेत्रमा विध्वंश गरेको छ । १६५ देखि १७५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको फानी बिहान १०ः३० बजे पुरीमा प्रवेश गरेको थियो । यसको प्रभाव राति ८ बजेसम्म रहने छ । फानी उत्तर(पूर्वतिर अघि बढ्दै विस्तारै गति कम हुँदै जाने जनाइएको छ ।

एनडीआरएफका महानिर्देशक एसएन प्रधानले समाचार एजेन्सी एएनआईसँग फानीमा परेर अहिलेसम्म तीन जनाले ज्यान गुमाएका छन् । विशेष राहत आयुक्त विश्नुपद सेठीका अनुसार करिब १० लाख जनतालाई यस क्षेत्रबाट फानी आउनु अगावै सुरक्षित क्षेत्रमा सारिएको थियो । नौसेना र कोस्ट गार्डलाई तयारी अवस्थामा राखिएको छ । फानी प्रभावितको सहयोगका लागि एनडीआरएफ र ओडीआरएफको टोली तैनाथ छ । विभिन्‍न हवाई उडाहरु मध्यरातदेखि नै स्थगित गरिएका छन् भने ट्रेन पनि चल्‍न दिइएको छैन । पुरीबाट सुरू भएको फानी ओडिशाको खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्ला हुँदै पश्चिम बंगलाको बाटो हुँदै बंगलादेश प्रवेश गर्नेछ । मौसम विभागका अधिकारीका अनुसार जमिनको सम्पर्कमा आएसँगै तुफानको गति कम हुँदै जानेछ । फानीको असरले रायगढा, गन्जाम, गजपति, कन्धमाल, नयागढमा भारी वर्षा हुने मौसम विभागले जनाएको छ । फानीको असरले पुरीसहित पुरै उडिशामा २४ घण्टासम्म भारी वर्षा हुने विभागले जानकारी दिएको छ ।

भूवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच के विश्वासले दक्षिणी तट गन्जामदेखि उत्तरी तट बालेश्‍वरसम्म २०० देखि २५० मिलिमिटरसम्म वर्षा हुने जानकारी दिएका छन् । वर्षाका कारण बाढी आउनसक्ने जनाइएको छ । जसले गर्दा रुख तथा बिजुलीका पोलहरु ढलेर सञ्‍चार सम्पर्क अवरुद्ध हुनसक्‍ने अनुमान गरिएको छ । उडिशा सरकारले ुजिरो क्याजुयल्टीु कुनै पनि मानवीय क्षति हुन नदिने लक्ष्यका साथ राज्यका ४८० किलोमिटर क्षेत्रमा फैलिएका करिब ११ लाखभन्दा बढी जनतालाई बिहीबार नै सुरक्षित स्थानमा सार्ने योजना बनाएको थियो । तर, केही स्थानमा केही व्यक्तिहरु आफ्नो घरबार छोडेर जान तयार भएनन् । बिहीबार रातिसम्म करिब दश लाख जनतालाई सुरक्षित स्थानमा सारिएको थियो । विशेष राहत आयुक्त विष्णुपद सेठीले बिहीबार उनीहरुलाई साइकोलन शेल्टरमा सारिएको जानकारी दिएका थिए । हरेक शेल्टरमा खाद्य सामाग्री, पिउने पानी तथा आवश्यक सामग्रीहरु तथा ५० जना स्वयंसेवक खटाइएको सेठीले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here