हवल लामाको ‘के सारो राम्री’ सार्वजनिक (भिडियो सहित)

485

काठमाडौं- गायक हवल लामाको स्वरमा रहेको ‘के सारो राम्री’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुसन लामाको शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा निर्देशन समेत सुसन लामाले नै गरेका छन् ।

सागर तामाङको सम्पादन रहेको यस गीतमा गायक हवल लामा साथमा निरन्जली लामाले अभिनय गरेका छन् । सार्वजनिक गीतमा सोल्टिनिको बयान गर्न खोजिएको छ ।

सागर मुभिक्रिएशनले निर्माण गरेको यस गीतलाई लाल मान तामाङ (सागर) ले छायाँकन गरेका हन् भने एरेन्जर फनिन्द्र राई को रहेको छ ।

लाजिम्पाटस्थित सम्पदा गार्डेन होटलमा मंगलबार एक पत्रकार सम्मेलन गरी गीतको बिमोचन गरीएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here