सेनाका माझ सैनिक पोशाकमा देखिए राष्ट्रपति मदुरो

205

विपक्षीलाई सांकेतिक जवाफ दिनेगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो कराकासस्थित एक सैन्य आधारमा सेनाहरूमाझ देखा परेका छन् ।

सत्तापक्ष र विपक्षीबिच झडपका घटना दोहोरिरहंदा सेनाको साथ रहेको बताएका मदुरोले सेनालाई ’सत्तापलटको सबैखाले प्रयासहरूलाई विफल पार्न’ आग्रह गरेका छन् ।

त्यहाँ विपक्षी नेता ख्वान ग्वाइदोले निरन्तर हडताल र विरोध प्रदर्शनको आह्वान गरेका छन् । विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट ठूला प्रदर्शन जारी राखेका छन् ।

राष्ट्रपति मदुरोले विपक्षी नेता ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका थिए । राष्ट्रपति मदुरोले आफ्ना समर्थकलाई सडकमा भेला भएर विपक्षीको प्रतिकार गर्न आह्वान गरेपछि दुई पक्षबीच तनाव चर्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here