राजधानी सुनिश्चितता माग गर्दै विराटनगर बन्द

94

विराटनगर- प्रदेश नम्बर १ को संरचना विकेन्द्रीकरण गर्ने निर्णयको विरोधामा विराटनगरमा आन्दोलन सुरु भएको छ  ।

नेकपा, काँग्रेस, संघीय समाजवादी फोरम र राजपालगायत विभिन्न संघसंस्थाले प्रदेश नम्बर १ का संरचना विकेन्द्रीकरण गर्ने सत्तारुढ नेकापाको निर्णयको विरोध गर्दै बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण विराटनगरको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए । बन्दकर्ताहरु विराटनगरको कञ्चनबारी र महावीरचोकमा लगायतका स्थानमा भेला भएर बन्द गर्न आहन गरिरहेका प्रहरीले जनाए ।

यसअघि टायर वालेर प्रदर्शन गरेपनि प्रहरीले हटाएपछि बन्दकर्ताले सडक तथा चोकमा डोरी टाँगेर बन्दमा सहभागी हुन आग्रह गरेकोजनाइएको छ ।

आइतबार बसेको नेकपाको प्रदेश नम्बर १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै संरचनाहरु वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो ।

बन्दकर्ताले प्रदेश नम्बर १ राजधानी सार्ने षड्यन्त्र अनुसार संरचना विकेन्द्रकरण गर्न लागेको भन्दै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here