पोखरा- पोखरा विमानस्थलमा अवतरणका क्रममा जाइरोकप्टर दुर्घटना भएको छ । मंगलबार दिउँसो साइट सिनु अवलोकन गरेर अवतरण गर्ने क्रममा हेलि एयरको एक जाइरोकप्टर धामानबाट चिप्लिएर दुर्घटनामा परेको हो।
मंगलबार दिउँसो १ः४५ मा पोखरा आसपासका हिमश्रृंखला अवलोकन गरेर अवतरणका क्रममा जाइरोकप्टर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि जाइरोकप्टरको एक भाग पुरै क्षतिग्रस्त भएको छ। जाइरोकप्टरमा क्याप्टेन र एकजना मात्र यात्रु थिए ।


















