भरतपुर / देशको इतिहास र महापुरुष प्रति गर्व गर्दै , राष्ट्रिय विभुती भिमसेन थापालाई आदर्श मानेर ‘युवा’ नामक संस्थाको शुभारम्भ गरिएको छ ।
भरतपुर महानगरपालिकास्थित महाकालेश्वर मन्दिरको सभाहलमा संस्थाको शुभारम्भ गर्दै सेवा र विकासका लागि संस्थाले विगतमा रंगशाला निर्माणमा स्वयंसेवक खटिएको ,हावाहुरीबाट प्रभावित हरुलाइ राहत वितरण गरेको र आगामी दिनमा युवाहरुलाइ सेवाका कामहरूमा सक्रिय गराउने , विभिन्न सामाजिक कुरितीहरु लाई निर्मुल पार्ने कार्यमा जोड दिएको संस्थाका अध्यक्ष राजुु सापकोटाले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय विभुती भिमसेन थापाको आदर्शबाट प्रेरणा लिँदै सेवा र विकासको लागि अगाडि बढ्ने जनाउनुभयो ।
अध्यक्ष राजु सापकोटाको अध्यक्षता, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुण पीडित भण्डारी ,महाकालेश्वर टोल विकास समितिकि अध्यक्ष पार्वती खनाल , राष्ट्रिय गायक हिरालाल कंडेल , विद्यार्थी परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने लगायत संस्थाका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
वडाध्यक्ष भण्डारीले युवा यस्तो शक्ति हो जे चाहन्छन त्यो गर्छन् ,सेवा धेरै प्रकारका हुन्छन् समाज परिवर्तनका लागि युवाको महत्त्वपूर्ण भुमिका हुन्छ । युवाको क्षमतालाइ संगठित गरि शक्तिमा परिणत गरि अगाडि बढ्नका लागि शुभकामना दिँदै भरतपुर महानगरपालिका र वडा नम्बर १० सदैव साथ सहयोग र सुझावका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रिय गायक हिरालाल कंडेलले शुभ दिनको अवसर पारेर संस्थाको शुभारम्भ गरिएकोले संस्थाको प्रगतिका लागि उहाँले शुभकामना दिनुभयो । संस्थाले मात्र नारामा सिमित काम नगरी देखावटी काम नगरी साच्चिकै काम गर्नका लागि आग्रह गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख नरिस्वर अर्याल नारा र नीतिलाई कार्यान्वयन गर्नका लागी आग्रह गर्दै संस्थाको उज्जवल भविष्यको शुभकामना दिनुभयो ।
प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आदर्श व्यक्ति भिमसेन थापालाई मानेकोले पनि ४५ हजार एनजीओ भन्दा फरक रहेको जनाउनु भयो। युवा उर्जा हो शीपमुलक जनशक्ति निर्माणमा युवालाई प्रेरणा , दिशा अवसरको आवश्यकता रहेको जनाउँदै शुभारम्भ भन्दा पहिलै नै संस्थाले सेवाको काम गरिसकेकोले भाषणमा भन्दा काममा विश्वास गरेको कुरा समेत सबैमा जानकारी दिनुभयो । उहाँले आगामी दिनहरुमा संस्थालाई विद्यार्थी परिषदले सदैव सक्दो सहयोग गर्ने जनाउँदै संस्थाको प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रमको संचालन संस्थाका सचिव विपिन कंडेलले गरेका थिए भने संस्थाका उपाध्यक्ष रामचन्द्र आचार्यले कार्यक्रमको समापन गर्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।


















