धनकुटा- धनकुटालाई प्रदेश न १ को स्थायी राजधानी घोषण नगरेको भन्दै आज धनकुटा सदरमुकाममा १ घण्टा चक्काजाम गरेको छ । धनकुटा प्रादेशिक राजधानी अभियान समितीले धनकुटालाई स्थायी राजधानी घोषण नगरेको भन्दै चक्काजाम गरेको हो ।
प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलनलाई पूर्ण रुपमा बेवास्था गर्दै प्रदेश सरकारले स्थाई राजधानी विराटनगर घोषणा गरीएको बिरोधमा चक्काजाम गरेको अभियान समितीले जनाएको छ ।
पहाडलाई बेवास्था गरेको र हावा पानी, शान्ति सुरक्षा भौतिक पूर्वाधारका साथै प्रदेश न.१ को केन्द्रमा रहेको जिल्लालाई समाप्त गरी मार्ने काम गरेको भन्दै उनिहरुले बिरोध गरेका थिए । आज साँझ ब्याक आउट गर्दै विरोध जनाउने घोषण समितीले गरेको छ ।


















