झापा- शिवसताक्षी नगरपालिका–१० दोमुखामा रहेको कनकाई सिँचाइ आयोजना नहरको ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका–४ की ७० वर्षीया दीपामाया गौतको मंगलबार मृत्यु भएको हो।
नहरको ड्याममा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


















