रौतहट / भारतीय बजारतर्फ गाई तस्करी गरेर लग्दै गरेको अवस्थामा गाईसहित तस्करलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका ३ बन्जरहाबाट भारततर्फ लैजाँदै क्रममा ४० वटा गाईसहित एक जना तस्करलाई रौतहट नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। बिहिबार बिहान करिब ३ बजेको समयमा प्राप्त सूचनाको आधारमा खटेको प्रहरी टोलीले सीमावर्ती क्षेत्रको दशगजाबाट ४० वटा गाईसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पक्राउ पर्नेमा राजपुर नगरपालिका ५ बस्ने वर्षीय शेख नशिर रहेको प्रहरीले जनाएको छ।
४० वटा गाईलाई डोर्याएर नेपालको बन्जरहा नाका भएर भारत तर्फ लैजाँदै गरेको अवस्थामा नशिरलाई पक्राउ गरिएको रौतहट प्रहरीका डिएसपी नवीन कार्कीले बताए । उनका अनुसार, ४० वटा गाईको ४ लाख ८ हजार मूल्यांकन गरेर नशिरलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको कार्कीले जानकारी दिनु भयो ।
















