आयोजक युथ स्पोर्टस् क्लबलाई हराउदै जावलाखेल फाइनलमा

90

काठमाडौं / जावलाखेल युथ क्लब चौथो सिन्धुकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। उपाधिका लागि जावलाखेलले गोर्खा ब्वाइज क्लब रुपन्देहीसँग शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।  निर्धारित समयसम्म २–२ को बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा युथ स्पोर्टस् क्लबका विएम कुथु र सन्जिब लामा गोल गर्न चुके । जावलाखेलका विशाल तामाङ, सुजित बुढाथोकी, अरुज सिंह, र डानिल बेजेले गोल गरेको थिए ।

खेलको २५ मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलको लागि सुरुवाती गोल गरे । उनले सुजित बुढाथोकीको पास सदुपयोग गरेका थिए । ५५ औं मिनेटमा युथ स्पोर्टस् क्लबका कप्तान विएम कुथुले पेनाल्टीमा गोल गरे । सुरेश खत्रीले खेलको ६० मिनेटमा गोलगरेपछि युथ स्पोर्टस् क्लब २–१ ले अघि रहेको थियो । तर ८२ औं मिनेटमा जावलाखेलले गोल गर्दै २–२ गोलको बराबरी बनायो । जावलाखेलका लागि गौत्तम श्रेष्ठले गोल गरेका थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here