जनयुद्धको बलबाट प्रचण्ड जुद्धशमसेर राणा बन्न पुगेको डा. केसीको आरोप

285

काठमाडौं- राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले जनयुद्धको बलबाट अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुद्धशमसेर राणा बन्न पुगेको आरोप लगाएका छन् । माओवादी जनयुद्धलाई सत्ता र पदको सिंढी बनाएर प्रचण्ड आज महाशक्तिसम्पन्न राणाखलकको नमुना बन्न पुगेको डा।केसीको आरोप छ ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा उनले जनयुद्धलाई प्रचण्डले ठगी खाने भाँडो बनाएको आरोप लगाएका छन् ।

राजनीतिक विश्लेषक केसीले प्रचण्डले जनयुद्धमा उठाएका क्रान्तिका मुद्धाहरु अहिले विप्लवले उठाएको र युद्धको बागडोर विप्लवकै हातमा रहेको जनाएका छन् ।

नेपाली समाजमा जनताका समस्याहरु ज्युँका त्युँ बाँकी रहेको बेला ती विद्यमान सामाजिक अन्तरविरोधहरु हल गर्न अहिले विप्लव नेकपा आइपुगेको विश्लेषक डा।केसीको भनाई छ ।

विप्लव नेकपाले अहिले सामाजिक अन्तरविरोधको हल गर्ने क्रान्तिको नेतृत्व गरिरहेको भन्दैं भोलि यो पार्टीको भविष्य के होला भनेर भन्न नसकिए पनि अहिले भने उसले सही मुद्धा समाएको डा।केसीको दाबी छ ।

जनयुद्धमा त्यत्रो संख्यामा बलिदानी गर्ने जनताको सपनामाथि प्रचण्डले ठूलो घात गरेको आरोप लगाउदै त्यो घात मात्र नभई ठूलो अपराधसमेत भएको विश्लेषक केसीको ठहर छ ।

डा. केसीकै शब्दमा (भिडीयो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here