दश लेखकहरूद्वारा लिखित MY Greater Nepal पुस्तक विमाेचन

251

दश जना लेखकहरू र दुई जना समीक्षकद्वारा डिल्लीबजारस्थित भोजनगृहमा एक कार्यक्रमका बीच MY Greater Nepal पुस्तक बिमोचन गरियो।

MY Greater Nepal पुस्तक गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक तथा लेखक राजन कार्की, राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाल, राजनीतिक विश्लेषक तथा लेखक प्रेमसागर पौडेल, सीमाविद तथा लेखक बुद्दि नारायण श्रेष्ठ, लेखक एन।पि। उपाध्याय, लेखक डा।एस डी पन्त, जलश्रोतविद तथा लेखक रत्न संसार श्रेष्ठ, राजनीतिज्ञ दिर्घराज प्रसाइ, युवा लेखक बसन्त खड्का र राजनीतिज्ञ साध्य बहादुर भण्डारीको राष्ट्रिय भावना र देशप्रेम समेटिएको लेखहरु समेटिएको छ भने सम्पादक तथा लेखक राजन कार्कीद्वारा सम्पादन गरिएको अंग्रेजी भाषामा लेखिएको पुस्तक MY Greater Nepal एक समारोहका बिच डिल्लीबजार भोजनगृहमा पुस्तक सार्बजनिक गरियो।

MY Greater Nepal पुस्तकका सम्पादक तथा लेखक राजन कार्कीले पुस्तकका विषयमा बोल्नुभएको थियो। यसैगरी सीमाविद तथा लेखक बुद्धिनारायण श्रेष्ठले लेखकका तर्फबाट बोल्नुभएको थियो। कार्यक्रममा बरिष्ट इतिहासबिद प्राध्यापक डा। सुरेन्द्र के।सि। तथा बिर्गेडियर डा। प्रेमसिंह बस्न्यातले पुस्तकका बिषयमा बिश्लेषण गर्नु भएको थियो। भने विमोचन कार्यक्रमको सभापतित्ब प्रेम सागर पौडेलले गर्नुभएको थियो। कार्यक्रम बैकुण्ठ अधिकारीले सञ्चालन गर्नुभएको थियो। समाजका बिभिन्न तह र तप्काका व्यक्तित्वहरूको उपस्थिति रहेको सो समारोह निकै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here