टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

244

कपिलवस्तु- भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका ८ दोहनीचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो भैरहवाबाट तौलिहवा आउँदै गरेको लु १ ख ६१६८ नम्बरको टिपरले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ६१५४ नम्बरको मोटरसाइकलका चालक कपिलवस्तु ७ धरमपानीका बालजी धोबीको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड तीन घण्टा अवरोध गरेका थिए। टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here