निकिता पौडेलमाथि सञ्चारमन्त्री बास्कोटा आक्रोशित, दिए यस्तो चेतावनी !

369

काठमाडौं / मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भएपछि सञ्चार मन्त्री गोकुल बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित भएका हुन् ।

मन्त्री बास्कोटाले ‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ भनेर प्रश्न गरेपछि सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिईन् त्यसपछि फायर भएका मन्त्री बास्कोटाले ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here