थबाङमा ७० बर्षमाथिका १०४ जना ज्येष्ठ नागरिकलाई बिहीबार अभिन्नदन

86

थबाङ। रोल्पाको थबाङ गाउँपालिका ४ नं वडा कार्यालयले आफ्नाे वडामा रहेका ७० बर्षमाथिका १०४ जना ज्येष्ठ नागरिकलाई बिहीबार  सम्मान तथा अभिन्नदन गरेको छ ।

वडा अध्यक्ष उदिम घर्ती मगरकाे अध्यक्षतामा आयाेजित सम्मान कार्यक्रममा करिव ५० जना जेष्ठ नागरिकहरु उपस्थित रहेकाे थियाे । ४५ जना पुरुष, ५९ जना महिलाहरुलाई सम्मान गर्ने याेजना रहेकाे वडा सचिव गणेश बहादुर विष्टले जानकारी दिनुभयाे ।

उपस्थित हुन नसेकाका जेष्ठ नगारिकलाई टाेलमै पुगेर सम्मान गरिने याेजना रहेकाे वडा सचिव विष्टले बताउनु भएकाे छ ।

जेष्ठ नागरिकहरुलाई अतिथिहरुद्वारा खादा र टिका लगायर सम्मान गरिएकाे हाे । समापन कार्यक्रममा बाेल्दै वडा अध्यक्ष उदिम घर्तीले आफ्नाे वडा भित्ररहेका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्न पाउदा आफु खुशी भएकाे बताउनु भयाे ।

हामीले गरेकाे सम्मान त्यती ठुलाे त नहुन सक्छ तर पनि यसरी तपाइहरु माझ कार्यक्रम गरे अन्तक्रिय गर्न पाउदा म अशाध्यै खुसी भएकाे छु उहाँले भन्नु भयाे ।

नेपाल सरकारले जेष्ठ नागरिकहरुको लागि समाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धा भत्ता, एकल भत्ता लगायत विभिन्न कार्यक्रम अगाडि सारेकाे साथै गाउँपालिका र वडा कार्यालयले पनि जेष्ठ नगारिकहरुकाे लागि विभिन्न कार्यक्रमहरु गर्दै आएकाे अवगत गराउदै ४ नं वडाले भने याे सम्मान कार्यक्रमकाे आयाेजना गरिएकाे वडा अध्यक्ष घर्तीले बताउनु भयाे ।

हामी स्थानीय निर्वाचन भएकाे करिव अव ५ वर्ष पुग्न लाग्याे यस अवसरमा हाम्राे वडाका जनतालाइ आवश्यक पर्ने आधारभुत सेवाहरु पाउनेगरी विकास भएकाे छ । हामी निर्वाचित हुनु पुर्व र अहिलेकाे विकासकाे अवस्थालाइ हेर्ने हाे भने हामी धेरै आकाश पताल फरक छाै । हामीले शिक्षा स्वास्थ्य सडक लगायतका क्षेत्रमा हामीले विकासमा फड्को मारेकाे समेत वडा अध्यक्ष घर्तीले बताउनु भयाे ।

सम्मान कार्यक्रम थवाङ गाउँपालिका कार्यपालिका सदस्य पुन बहादुर बि.क , वडा सदस्य सुदेस रोका मगर , वडा सदस्य विसम पुन लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन वडा सचिव गणेश बहादुर विष्टले गर्नुभएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here