भेनेजुएलाको राजनीतिक घटनाक्रममा नेपाल सरकारको धारणा अपरिपक्व : कांग्रेस

198

काठमाडौं /  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रममा सरकारको धारणा अपरिपक्व रहेको भन्दै आपत्ति जनाएको छ।

आइतवार बसेको संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको हो।

‘नेपालको कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदाशिन कार्यप्रति कांग्रेस आपत्ति प्रकट गर्दछ।’

कांग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको एक पुरानो र भरपर्दो मित्र भन्दै अमेरिकाको प्रशंसा समेत गरेको छ। ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ’, विज्ञप्तिमा अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here