नकामा अवरोध नगर, स्वतन्त्र पारवहन नेपालको अधिकार होः मुन

247

काठमाडौ, ५ मंसिर–संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले नेपाल भारत सीमा क्षेत्रमा आपूर्तिमा भइरहेको अवरोध तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

महासचिव मुनका प्रवक्ताले शुक्रबार एक विज्ञप्नी जारी गर्दै नेपाल भारत सीमा आपूर्तिमा भइरहेको अवरोधका कारण औषधी लगाएतका अत्यावश्यक वस्तुको सप्लाई हुन नसेको भन्दै त्यसप्रति मुनको ध्यानाकर्षण भएको जनाएका छन् । मुनले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकाले आपूर्तिमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले सिमाक्षेत्रमा भइरहेको अवरोधका कारण मानविय समस्या उत्पन्न भइरहेको भन्दै त्यसप्रति मुन गम्भीर बनेको जनाएका छन् । उनले सबै पक्षलाई शान्तिपूर्ण ढंगले समस्याको समाधान गर्दै प्रजातन्त्रीक समृद्ध नेपाल निर्माणमा लाग्न पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here