नेपालकै ठूलो धनराशीको हस्तलेखन प्रतियोगिता सम्पन्न

260

काठमाडौं/ बाल बिकास एन.सि.मासले २०७४ सालमा राष्ट्रव्यापी रुपमा भएको हस्तलेखन प्रतियोगितमा भाग लिएका विजेताहरुलाई आज नगदसहित सम्मान गरेको छ ।

एक समारोहकाबीच नेपालकै सबैभन्दा ठूलो धनराशी भएको अक्षरलेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित आयोजकले सम्मान गरेको हो । प्रतियोगिता सिनियर र जुनियर गरी दुई तहमा सम्पन्न भएको थियो ।
जुनियरतर्फ काठमाडौंको कपनस्थित् प्रिन्सटन एकेडेमीकी छात्रा सिम्रन थिंङले प्रथम स्थान हाँसिल गर्दै नगद २० हजार हात पारिन् । त्यस्तै, काठमाडौंको ग्लेनबड्स स्कुलकी शाक्षिका मिश्रले दोस्रो स्थान हाँसिल गर्दै नगद १० हजार प्राप्त गरिन् । र, प्रोलिफिक उमावि स्कुलका रिवाज भण्डारीले तेस्रो स्थान हाँसिल गर्दै नगद ३ हजार प्राप्त गरेका छन्।

त्यस्तै सिनियरतर्फ तनहुँको शतिश बोर्डिङ स्कुलकी छात्रा कञ्चन अधिकारीले प्रथम स्थान हाँसिल गरेकी थिईन् । उनलाई नगद १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सिनियतर्फ काठमाडौं नयाँ बजारमा रहेको दिपशिखा उमाविकी छात्रा विमला पौडेलले दोस्रो स्थान हाँसिल गर्दै नगद ७ हजार प्राप्त गरेकी छिन् । त्यस्तै, तनहुँको शतिश बोर्डिङ स्कुलकै छात्रा समिक्षा परियारले तेस्रो स्थान हाँसिल गर्दै नगद ३ हजार प्राप्त गरेकी छिन् ।

संस्थाक अध्यक्ष नेपालले आफूहरुले विगत डेढ दशकदेखि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको जनाए । उनले भने,‘विद्यार्थी भाईबैनीहरुले अक्षर सुधार गर्दा र राम्रो ह्याण्ड राईटिङ लेख्दा मनोवैज्ञानिक रुपमै उनीहरुमा सुधार आउँछ । यसले उनीहरुलाई सभ्य, शान्त, क्षमतावन, एकीकृत र सिर्जनशील बनाउँछ । नेपालमा हस्तलेखन प्रतियोगित आयोजना गर्नेहरुमा हामी अग्रणी हौं । यतिको ठूलो धनराशी खर्चिएर यस्तो प्रतियोगिता आयोजना गर्नेपनि हामी पहिलो संस्था हौं ।’

त्यस्तै उनले हस्तलेखनका साथै अबाकस शिक्षाको बारेमा पनि आफूहरुले विगतदेखि नै काम गर्दै आएको जनाए । उनले भने,‘अबाकस विश्वमै पहिलो क्यालकुलेटिङ टुल हो । यो टुल युरोपलगायतका विकसित देशहरुमा उपयोगमा छ । जुन अहिलेको विश्व परिवेशमा पनि अति आवश्यक छ । नेपालमा समेत हामीले यो टुलको उपयोगबारे विभिन्न विद्यालयहरुसँग सहकार्य गर्दै काम गरिरहेका छौं ।’

अबाकससँगै अभिभावक तथा शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम समेत आफ्नो संस्थाले सञ्चालन गर्दै आएको अध्यक्ष नेपालले जानकारी दिए । आगामी दिनमा आफूहरुले यी कार्यक्रमहरुलाई अझै बढोत्तरी गर्दै देशको कुनाकुनामा रहेका विद्यालयहरुमा पुर्याउने प्रतिबद्धता जनाए ।

विजयी प्रतियोगीहरुलाई कार्यक्रमका सभापति एवम् आयोजक संस्थाका अध्यक्ष तेजु नेपाल, प्रमुख अतिथि एवम् मनोविद डा. गंगा पाठक, एनप्याब्सन तनहुँका बरिष्ठ जिल्ला उपाध्यक्ष दिर्घ दराई, बुढानिलकण्ठ स्कुल फोरमका अध्यक्ष कृष्ण भण्डारी, प्रिन्सटन एकेडेमीकी संस्थापक गंगा दाहाल, योगगुरु एवम उत्प्रेरणाकर्ता अनन्त केसीले खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रमका अतिथिहरुले हस्तलेखनको महत्वबारे प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here