नेपालमा विद्यमान कम्युनिस्ट पार्टीहरुबारे – ३

194

हुकुमबहादुर सिंह

‘चम्कनेभरी सबै सुन हुँदैनन्’ भनेझै आफूलाई कम्युनिस्ट भन्नेहरु सबै कम्युनिस्ट हुँदैनन् । नेपालमा आफूलाई कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ता भन्नेहरु अझै पनि एक दर्जनभन्दा बढता नै छन् । यद्यपि क्रान्तिकारी माक्र्सवादी दृष्टिकोणबाट भन्ने हो भने विगतमा नेपालमा काम गर्दै आएका सबै संसदवादी, दक्षिणपन्थी संशोधनवादी कम्युनिस्टहरु मिलेर एउटै कम्युनिस्ट पार्टी–नेकपा बनेको छ । तैपनि यो नेकपा बाहेक अझै दुइवटा नेकपा नामधारी कम्युनिस्ट पार्टीहरु छन्– ऋषी कट्टेल नेतृत्वको नेकपा, अझै नेपालको निर्वाचन आयोगमा दर्ता छ भने नेपालको संविधान २०७२ को कट्टर विरोधीका रुपमा आफूलाई त्यस अन्तरगतका सबै संसदीय प्रकारका निर्वाचनलाई बहिष्कार गरेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा पनि छ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आफूमात्रै नेपालको एउटा क्रान्तिकारी माओवादी पार्टी भएको भनेर दावी गर्दछ । तर उसको नाम तथा दस्तावेजहरुमा कही कतै माओवादलाई विचार र सिद्धान्त तथा कार्यदिशाका हिसावले भावी क्रान्तिको कार्यदिशा मानेको छैन । नया“ जनवादी क्रान्तिका लागि दिर्घकालीन जनयुद्ध वा जनविद्रोह आदि घेरै कम बोलेको छ । वैज्ञानिक समाजवाद उसको न्यूनतम कार्यनीति बनेको छ । उसले ओली–दाहाल नेतृत्वको नेकपालाई एक नम्वरको शत्रु भन्दछ, कार्यदिशाका हिसावले उनीहरुबीच एकता देखिन्छ । अबको क्रान्ति समाजवादी क्रान्ति हो भन्ने उसको पनि ठम्याई छ । नेपाली समाजको वर्ग स्वरुप कस्तो छ त भन्नेमा तीनीहरुबीच एकता छ, तर उसले त्यसबाट अलग गराउन समाजवाद अगाडि वैज्ञानिक शब्द राखेको छ । फेरि उसको भनाई कस्तो क्रान्ति त भन्नेमा रुसको जस्तो पनि होइन भन्ने छ र उसको जोड नया“ शब्द–एकीकृत जनक्रान्तिको सिद्धान्तमा छ ।

नेपालको राजतन्त्रका विरुद्ध सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा(माओवादी) हो, जसको नेतृत्व प्रचण्ड–किरण–भट्टराईले गरेका थिए । यसले सन् २००९ मा पार्टीको नाम एकीकृत नेकपा(माओवादी) राख्यो र पछि त्यसको नाम माओवादी केन्द्र बन्यो । नाममा परिवर्तसंगै प्रचण्डले नयाँ जनवादी क्रान्तिको नारा पनि छाड्दै गए र सन् २०१८ मा नेकपा एमालेसित एकता गरेपछि त्यसको नाम नेकपा रहन गयो । नेकपा एमाले माओवादी जनयुद्धको चर्को विरोधी रहदै आएको थियो । र अहिले ती दलहरु मिलेर बनेको नेकपा पार्टीको कार्यदिशा नेपालको संविधान २०७२ मा उल्लेखित समाजवाद उन्मुख भएको भनिएको छ । र मार्गनिर्देशक सिद्धान्त मदनभण्डारीको जनताको बहुदलीय जनवाद भनिएको छ । यो पार्टीका लागि नेपालमा पु“जीवादी लोकतान्त्रिक गणतन्त्र ठीक छ भन्ने हो ।

यसरी हेर्दा ओली–दाहालको नेकपा र नेत्र विक्रम चन्दको नेकपा एक आपसमा चर्को विरोधमा खडा भएका पार्टी देखिन्छन । हुन पनि हो, किनभने पहिलोको लागि नेपालको संविधान २०७२ बाइबलजस्तै बनेको छ भने दोस्रोको लागि एउटा विषवृक्ष, जरैदेखि काटेर मिल्काउनु पर्ने । तर भावी क्रान्तिका बारेमा ती दुइको समानता छ–समाजवादी क्रान्ति । पहिलोले यही संविधानमार्फत उन्नती र प्रगति गरेर उक्त समाजवाद स्थापना गर्न चाहन्छ भने दोस्रोले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत । पहिलो स्पष्टतः संसदवादी दलदलमा जकडिएको कम्युनिस्ट भएको छ भने दोस्रो के मा गएर आफ्नो क्रान्तिको भारी विसाउने हो अझै निस्चित छैन ।

नेत्र विक्रम चन्दले वर्तमानमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले लिएको जनविद्रोहको मार्गलाई ठाडै अस्वीकार गर्दै भनेका छन् – ‘न त लेनिनको विद्रोहमार्फत न त माओको दिर्घकालीन जनयुद्धद्धारा नेपालमा क्रान्ति सम्भव छ । हाम्रो विशिष्ट अवस्थालाई यी दुवैले हल गर्न सक्दैनन् । त्यसैले उनको भनाइमा हाम्रो लाइन भनेको एकीकृत जनक्रान्ति नै हो । तर एकिकृत जनक्रान्ति हो के ? यसवारे उक्त पार्टी र स्वयम् उनी नै अन्योलमा देखिएका छन् । पार्टीभित्र बहस छलफल होइन, उनले पेश गरेका हरेक चीजलाई क्रान्तिको लागि कार्यान्वयन हो । जनवादी केन्द्रीयता भित्रको जनवाद विप्लवका लागि खासै महत्व राख्दैन । एउटै सकारात्मक पक्ष विप्लवको पार्टीमा जीवित देखिन्छ, त्यो भनेको केबल सशस्त्र संघर्षबाट मात्रै श्रमजीवीवर्गको विजय सम्भव छ । तर मानिसहरुमा के उत्सुकता देखिएको छ भने यही मंसिर ८ गते नेकपाले गर्ने काठमाण्डौको आमसभामा विप्लवको सहभागिता र उनले गर्ने उद्घोष । उनका पार्टी समर्थकहरुको भनाइमा उक्त दिन चन्द आफ्नो भूमिगत जीवनबाट खुला जीवनमा आउने रे १ उनीहरुको कार्यक्रमसहितको ब्यानरमा लेखिएका नारा–  ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति –एक होऔ ।’  भित्रको उनको वर्तमान सरकारसितको वार्ता प्रक्रियामा कसरी जाने हुन् र किन जादैछन् ? त्यसको उद्धेश्य स्पष्ट हुँदै जाने नै छ ।

१२ अप्रिल १८७१ मा माक्र्सले फ्रान्सेली क्रान्तिको अर्को प्रयास कस्तो हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्दै लुडभिग कुगेलमानलाई लेखेको पत्रमा यसो भनिएको थियो–’……तिमीले मेरो ‘अठारौ ब्रुमेर’को अन्तिम अध्याय पल्टाएर हे¥यौ भने त्यहा“ देख्नेछौ, फ्रान्सेली क्रान्तिको अर्को प्रयास कस्तो हुनेछ भन्ने विषयमा मैले भनेको छु – नोकरशाही सामरिक यन्त्रलाई एक हातबाट अर्को हातमा सार्दै जाने होइन , जस्तो अहिलेसम्म हुँदै आएको छ, बरु यस यन्त्रलाई नै नष्ट पार्नु पर्छ, र युरोप महादेशमा सम्पन्न हुने कुनै पनि वास्तविक जनक्रान्तिको प्रारम्भिक सर्त यही हुनुपर्छ । पेरिसमा हाम्रा बीर कमरेडहरुको प्रयत्न पनि यही रहेको छ ।’

उक्त पत्रमा माक्र्सले बाहिरी शत्रुभन्दा बढी आन्तरिक गद्दारीको प्रशंग उठाउनु भएको छ । विप्लवको यो सरकारसित वार्ता गरेर ल्याउन खोजेको परिवर्तन के हुनेछ ? २०६२ को चुनवांग भेलाले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा सही थियो तर प्रचण्ड र भट्टराइले टेबुलमा गल्ती गरे भनेर भन्दै आएका विप्लवको वार्ताको टेबुलबाट के निस्कने हो ?माक्र्सको माथि उल्लेखित भनाइले स्पष्ट हुन मद्त गर्नेछ । क्रमश :  जनधारणा साप्ताहिक

[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here