रास्वपाका सांसदहरूलाई सम्बोधन गर्दै रवि

13

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

जावलाखेलस्थित स्टाफ कलेजमा हिजोदेखि जारी प्रशिक्षण कार्यक्रममा पुगेर उनले सम्बोधन गर्न लागेका हुन् । दिउँसो साढे २ बजे सभापतिले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै प्रवक्ता मनिष झाले समाचार सम्प्रेषणका लागि पत्रकारलाई निम्तो दिएका छन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो र सत्तारुढ दल रास्वपाले ‘सक्षम सांसद, सशक्त संसद’ विषयमा सांसदहरूलाई तालिम दिइरहेको छ । तालिमको दोस्रो दिन आज बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रम अहिले जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here