काठमाडौं – सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् ।
सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् । उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गर्नुभयो । उनले भने, “अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।”
गोशेली प्रिन्टप्याकका प्रबन्धक विकास नकर्मीले सामान उत्पादन भए पनि निर्यातका लागि ढुवानीको समस्या भएको बताएका छन् । “उद्योगमा ७० भन्दा बढी कामदार छन्, अहिले ४० मात्र आएका छन् । उत्पादन भएको सामग्री पनि निर्यातका लागि ढुवानी समस्या भएको छ ।” नकर्मीले कार्टुन र ट्वाइलेट पेपर उत्पादन हुने र काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने जानकारी दिएका छन् । गोरखापत्रबाट