उम्मेदवारको मृत्युले राजविराज वडा नं १५ को निर्वाचन स्थगित

133

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।

साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र शनिबार साँझ घरमै उहाँको निधन भएको थियो ।

यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले राससलाई बताउनुभयो ।

यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरी जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here