चरेससहित दुई पक्राउ

257
पर्सा – प्रहरीले पर्साबाट लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ स्थित मनिअर्वा सडक खण्डमा मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध साढे ८ किलो चरेसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पटेर्वा सुगौली वडानम्बर ५ स्थित देउरिया बस्ने ४५ वर्षीय रामचन्द्र रायथारुले चलाएको भारतीय नम्बर प्लेटको बिआर २२ एजी ७३७२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनको साथबाट ४ किलो ५०० ग्राम लागुऔषध चरेस, गाँजाको धुलो ५०० ग्राम र पछाडी सवार ५० वर्षीय जनार्दन ओझइया थारुको साथबाट ४ किलोग्राम लागुऔषध चरेस, ५०० ग्राम गाँजाको धुलो गरी कुल जम्मा ८ किलो ५०० ग्राम लागुऔषध चरेस र १ किलोग्राम गाँजाको धुलो समेत बरामद भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

उनीहरुको जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here