सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

1

सुनसरी । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौं महानगरपालिका-२२ बस्ने धरान उपमहानगरपालिका-१२ घर भएका ४५ वर्षीय शिव कुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उप समिति सदस्य धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।

धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रहि सहकारी संस्थासँग आवद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा ४ वटा कम्पनी समेत स्थापना गरी विभिन्न मितिमा पीडितहरूको बचत गरेको रकम अपचलन तथा ठगी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरू उपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here