भियतनामबाट प्रधानमन्त्रीले भने, बुद्धबारे जान्न लुम्बिनी पुग्नै पर्छ

199

काठमाडौ, भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध मार्गीहरुलाई जीवनमा एक पटक लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको बैशाख दिवसका अवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, बुद्ध, बुद्धिज्म र लुम्बिनीलाई छुट्याउनै मिल्दैन । बुद्धिज्मलाई बुद्धबाट अलग गर्न नमिलेजस्तै लुम्बिनीबाट पनि अलग गर्न नसकिने उनको भनाई थियो । विश्वका एक सय १५ मुलुकका विशिष्ट पाहुनाहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धबारे बुझ्नका लागि लुम्बिनी बुझ्न आवश्यक रहेको र त्यसका लागि आफ्नो जीवनकालमा एकपटक लुम्बिनी भ्रमण गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव थियो ।
बुद्धको जन्मस्थल बौद्धमार्गीलाई स्वागत गर्न तयार रहेको भन्दै उनले नेपाल सरकार पनि लुम्बिनीमा संयुक्त राष्ट्रसंघको बैशाख दिवस कार्यक्रम आयोजना गर्ने सोचमा रहेको बताए । हामीले अर्काे वर्ष यस किसिमको कार्यक्रम गर्ने योजना बनाएका छौँ, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने । उनले उक्त कार्यक्रममा सहभागीता जनाउनका लागि उपस्थिति पाहुनाहरुलाई निम्तो समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here