छात्रले आत्महत्या गरेर प्राध्यापकलाई पठाए ‘सुसाइड नोट’

94

एजेन्सी / भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए । पंखामा झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो । घटनाबारे गत शुक्रबार दिउँसो जानकारी भएको थियो । मृत्यु हुनेमा एमए अन्तिम वर्षका विद्यार्थी हुन् । नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमसले जनाएका छन् । उनका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले लेखेका थिए, ‘धेरै दिनदेखि मृत्युलाई भौतिक रुपमा हेर्ने चाहना थियो । मेरो आमा बुवाको हेरबिचार गर्नु ।’ उक्त मेल अंग्रेजीमा लेखिएको रहेछ । स्रोतका अनुसार पुलिसलाई लाग्छ कि थोमस मृत्युको रहस्य जान्न उत्सुक थिए । सायद उनी थाहा पाउन चाहन्थे कि आखिर मान्छेको मृत्यु कसरी हुन्छ र मृत्यु कसरी आउँछ भनेर उनी जान्न चाहन्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here