आगलागीमा दुई घर जलेर नष्ट

203

बझाङ / जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा सोमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको ५० लाख बराबरको धनमाल पुर्ण रुपमा क्षति भएको प्रहरीेले जनाएको छ। भान्साकोठामा रहेको चुलोमा गाईको लागी खोले पकाउदै छोडेर घरमालिक काममा हिडेपछि आगो सल्किएको जानकारी प्राप्त भएको छ। आगलागीबाट खाद्यान्न, लुगाकपडा, भाँडाकुडा लगाएतका मालसामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछि देवल विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रणमा लिए पनि मालसामान भने बचाउन नसकिएको स्थानीयबासीले जनाएका छन्। आगलागीबाट घर तथा धनमाल पुर्ण रुपमा जलेर नष्ट भएपछि अग्नि पीडित परिवार बिचल्लीमा परेका छन भने उनीहरू नजिकैको मन्दिर परिषरमा कृपालमुनि बस्न बाध्य भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here