काठमाडौं / काठमाडौंमा उपत्यकामा आज बिहान चोरी तथा डकैतिमा संलग्न रहेको एक फरार अभियुक्तमाथि गोली प्रहार गरिएको छ । फरार अभियुक्तले सादा पोशाकका प्रहरी टोलीमाथि कटुवा पेस्तोल तेस्राएपछि प्रहरीले त्यसको प्रतिकारमा एक राउड फायरिङ गरेको हो ।
लामो समयदेखि फरार रहेका सिन्धुपाल्चाकका काले भनिने विष्णु तामाङले अनुसन्धान प्रहरीको टोलीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले उनलाई समात्न घुँडामुनि गोली हानेको जनाएको छ ।
अभियुक्तको साथबाट प्रहरीले एक कटुवा पेस्तोल सहित पाँच राउण्ड गोली बरमद गरेको छ । घुँडामुनि प्रहरीको गोली लागेर घाइते भएका अभियुक्तलाई अहिले प्रहरीको निगरानीमा विर अस्पतालमा उपचार गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तामाङ सिन्धुपाल्चोकको मेलम्चीका स्थानीय हुन । उनी राजधानी लगायतका स्थानमा बसेर अपराधिक काममा संलग्न रहँदै आएका छन ।


















