निर्माताले अब फिल्मको बीमा गर्न पाउने

94

काठमाण्डौ- चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । फिल्म निर्माणको क्रममा आइपर्ने घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो ।

सोमवार एक कार्यक्रमका बीच निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सीइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निर्माता संघले स्वीकृति दिएपछि मात्र निर्माताले फिल्मको बीमा गर्न पाउने निर्माता संघका अध्यक्ष अधिकारीले जनाए । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो फिल्म दर्ता गर्दा भरेको लगानी विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई बुझाउनु पर्ने उनको भनाई छ । उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत बीमा कम्पनीले निर्माता संघमा बुझाउनेछ ।

सीइओ प्रधानले फिल्मको छायांकनको क्रममा हुने हानी-नोक्सानीको इन्सुरेन्स कम्पनीले एक महिनाभित्र भुक्तानी गर्ने जनाए । भ्यालुएटर र सर्वेक्षकले निर्धारण गरेको रकम बीमा कम्पनीले भुक्तानी गर्ने उनले प्रस्ट्याए । यो सम्पूर्ण प्रक्रियामा निर्माता संघले निर्मातालाई सहयोग गर्ने अध्यक्ष अधिकारीले जनाए । यस ‘प्रोजेक्ट बीमा’ ले निर्मातालाई फिल्म क्षेत्रमा सुरिक्षत राख्ने उनको विश्वास छ ।

‘यो बीमा स्वेच्छाले गर्ने हो । यदी कसैले दुर्घटना बीमा मात्र गर्छु भन्न पनि पाउने र कसैले प्रोजेक्ट बीमा गर्छु भन्यो भने दुर्घटना बीमा गर्नु पर्दैन उनले प्रस्ट्याए ।’ इन्सुरेन्स कम्पनी र निर्माता संघबीच भएको सम्झौता कार्यक्रममा उदय सुब्बा, बिमल पौडेल, रोज राणालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here