देवप्रकाश त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपाली परिषद् घोषणा

273

काठमाडौं / मातृभूमिका लागी नेपालीको महाभेला काठमाडौंमा सम्पन्न भएको छ। महाभेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपालीको केन्द्रिय परिषद् घोषणा गरेको छ।

महाभेलामा विभिन्न जिल्लाका सचेत नागरिकहरूको सहभागिता थियो । महाभेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो।

परिषद्मा डा.तिलक रावल, केशव प्रसाद भट्टराई , नारायण प्रसाद कोइराला ,अरुण कुमार सुवेदी, डा.राजेश अहिराज, लक्ष्मी प्रसाद आचार्य, डा भरत थापा, सुबास आचार्य, गोमा प्रधान, बिमला थापा, नरोत्तम श्रेष्ठ ,सनत आचार्य , दीपक गजुरेल, डिल्ली बसेल, शम्भुमान सिंह , हमिद शाह, जगदिश कुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं , राजकुमार श्रेष्ठ , राजाराम श्रेष्ठ , कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा , सागर सुवेदी, यमलाल सुवेदी, डा अम्बारिश पोखरेल, भोजराज क्षेत्री, छत्र बहादुर मैनाली, वीर बहादुर चौधरी, नवीन हमाल, बिजय ज्ञवाली, पूर्ण सिह खड्का, राजेन्द्र राना, गोपाल नेपाल, बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, सुबास पाण्डे, माधवी कटुवाल, काशिराम ढुङ्गाना, आभा सेतु सिंह, बासुदेवचन्द्र मल्ल , गौरिलाल डागी, राम प्रसाद पौडेल, डा गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेस्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जय बहादुर मल्ल, केशव चौलागाईं , यज्ञ बहादुर थापा, अमर सुनार, रोममणी पाठक, सुबास पाण्डे, युबराज केसी, छन्द भुषाल, केशव खतिवडा , जुलुम रत्न डङ्गोल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरु बीरेन्द्र आचार्य, स्वरुप सुयल, बीरेन्द्र साह, अफजल मिया र माधव नेपाल लगायत रहेका छन।

भेलामा डा सुन्दरमणी दीक्षित, डा तिलक रावल, डा केबी रोकाया, डा.चिन्तामणी योगी, देवप्रकाश त्रिपाठी, डा राजेश अहिराज, नारायण प्रसाद कोइराला, सनत आचार्य, केशव प्रसाद भट्टराई, भरत रोका, बृषध्वज वाइबा आदिले सम्बोधन गर्दै राष्ट्रीयता र राष्ट्रमाथी आएका सङ्कटबारे चिन्ता व्यक्त गर्दै सबै राष्ट्रप्रेमी नेपाली जुट्नु पर्ने विचार व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here