प्रचण्डले पनि दिए मोदीलाई बधाई

311

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि मोदीलाई बधाई दिएका छन् ।

प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।

प्रचण्डले स्टाटसमा उल्लेख गरेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’

भारतीय लोकसभा निर्वाचनको बिहीबार भइरहेको मतगणनामा मोदी नेतृत्वको बिजेपी गठबन्धनले ३४३ स्थानमा अग्रता लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here