काठमाडौं- हिजो तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज घटेर तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी तोलामा ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


















