गरिमा चौधरीको भिडियो बाहिर ल्याउने हवल्दार पक्राउ

6

वीरगञ्ज । बाराको जितपुर सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या घटनाको अनुसन्धानका क्रममा लिइएको एक बालकको भिडियो सामाजिक सञ्जालमा बाहिर ल्याउने प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक छन्।

अस्पतालको ओसीएमसी कक्षमा अनुसन्धानका क्रममा सोधिएका संवेदनशील कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको थियो।

घटनाको चौतर्फी आलोचना भएपछि बारा प्रहरीले हवल्दार विकको संलग्नता पुष्टि गरेको हो। आफ्नै कर्मचारी दोषी पाइएपछि प्रहरीले विकमाथि आन्तरिक छानबिन र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

बालिकाको बलात्कार र हत्या घटनाको मुख्य अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गर्नेको संख्या नौ पुगेको छ। बारा प्रहरीका अनुसार आइतबार राति थप एक जनालाई नियन्त्रणमा लिएसँगै हिरासतमा रहनेको संख्या नौ पुगेको हो।

पछिल्लो पटक पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका विद्यार्थी प्रदीप खड्का छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here