काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ ।
संसद् सचिवालयका अनुसार आजका लागि ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्’ भन्ने कार्यसूची राखिँदैछ ।


















