दाङ / तुलसिपुर उधोग बाणिज्य संघले एक कार्यक्रमका बीच पतन्जलि योग समितिका केन्द्रीय पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
बाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै पतञ्जलि योग समितिका केन्द्रीयसंयोजक लभदेब मिश्रले योग र साधका माध्यमबाट जिवनलाई सरल र व्यवस्थित गर्न सकिने जानकारी दिए । उहाले जिवनमा योग र साधनाले गर्दा समाजमा सकारात्मक अभियानहरु सञ्चालन गर्न मदत पुग्ने धारणा राखेका
थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय संयोजक मिश्रले खानपिन ,आहार बिहार र दैनिकी जीवन लाई कसरी व्यवस्थापन गर्ने भन्न सन्दर्भमा पनि योग ले महत्त्वपूर्ण भुमिका खेल्ने जानकारी दिनु भयो । उहाले योग र साधनाबाट जटिल किसिमका रोगहरु क्यान्सर ,थाईराईट, प्रेसर लगायत थकान र तनाब समेत कम गर्न महत्त्वपूर्ण भुमिका खेल्ने जानकारी दिनुभयो । उहाले योगका माध्यमबाट जीवन शैलीमा सरलता र स्वच्छता प्रदान गर्ने समेत जनाउनु भयो ।
कार्यक्रममा संघका उपाध्यक्ष मिनराज भण्डारी, प्रदेश नम्बर ५ का संयोजक प्रेम शाह, महासचिव घनश्याम अधिकारी ,दाङ जिल्लाका कार्यबाहक अध्यक्ष बिनोद चौधरि, तुलसिपुरका सयोजक प्रलाद शाह लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे । तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा दाङको तुलसिपुरमा सनिवार देखि बृहत् योग शिबिर सञ्चालन हुदै छ ।
यता रेडियो सञ्जिवनि एफएम ९१ मेगाहर्जबाट भोलि शनिबार देखि सञ्चालन हुन लागेको बृहत् योग शिबिरको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बिहान ४ स्३० बजेदेखि ५:३० बजे सम्म योगका बारेमा गाउँ र टोलसम्म जानकारी दिनका
लागि रेडियोबाट प्रत्यक्ष प्रसारण गर्न लागेको स्टेसन म्यानेजर शरद रेग्मीले जानकारी दिनुभयो ।