काठमाडौं– नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।
घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।


















